दफा ३३
अन्तरसीमा विपद्‌ सम्बन्धी
(१) कुनै विकिरणसम्बद्ध विपद्‌ उत्पन्न भई रेडियोधर्मी प्रदूषणको प्रभाव नेपाल राज्यबाहिर समेत फैलिन सक्ने सम्भावना देखिएमा नेपाल सरकारले एजेन्सी र त्यस्तो विकिरणबाट प्रभावित भएको वा हुनसक्ने मुलुकको सम्बद्ध निकायलाई सोको जानकारी दिनु पर्नेछ।
(२) नेपाल राज्यबाहिरबाट उत्पन्न हुने कुनै विकिरणसम्बद्ध विपद्‌ उत्पन्न भएमा वा हुन सक्ने अवस्था भएमा नेपाल सरकारले एजेन्सी तथा सम्बन्धित राष्ट्रसँग विपद्‌ व्यवस्थापन सम्बन्धमा तत्काल कुटनीतिक पहल गर्नेछ।
(३) नियमनकारी निकायले विकिरणसम्बद्ध विपद्‌ उत्पन्न भएमा सोको जानकारी दिने र सहायता उपलब्ध गराउने सम्बन्धी सम्बद्ध सन्धिका ब्यवस्था अनुसार त्यस्तो विपद्‌ सम्बन्धी जानकारी र तत्सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने सम्पर्क बिन्दुको रुपमा काम गर्नेछ।